close

नाति-नातिनाको नाम बिर्सिने, तर जनताको सेवा गर्न नबिर्सिने नगरप्रमुख (भिडियोसहित)

नाति-नातिनाको नाम बिर्सिने, तर जनताको सेवा गर्न नबिर्सिने नगरप्रमुख (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । अब्दुल कलाम मुसलमानले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुखको दोस्रो कार्यकालका लागि निर्वाचित भई १०० दिन व्यतित गरेका छन् ।   

अनुभव र उमेरका दृष्टिले पाका उनी थाइराइडाका बिरामी छन् । स्वभावका दृष्टिले उनी कहिलेकाहीँ आफ्नै नाति नातिनाको नामसमेत बिर्सिने गर्छन् । तर, उनी समाज सेवा गर्न भने बिर्सिँदैनन् । 

पहिलो पटक निर्वाचित हुँदा आफ्ना चारवटा मात्रै एजेन्डा रहेको बताउँदै उनले दोस्रो कार्यकाल निर्वाचनका क्रममा स्वास्थ्य, शिक्षा, कृषि, यातायात महिला सशक्तीकरणजस्ता कार्यक्रम अघि सारेको बताए  । सोही अनुरुप काम भइरहेको बताउँदै उनले  १०० दिनको अवधिमा विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको बताए । 

त्यसैगरी, विद्यालय भवन, स्वास्थ्य भवन निर्माणका लागि प्रक्रिया अघि बढेको उनले बताए ।

वडाध्यक्ष र वडासदस्यको उद्देश्य नगरकै उद्देश्य भएको बताउँदै उनले नगरपालिकामा शून्य समस्या रहेको बताए ।  

नगरमा सुशासन कायमका लागि समय–समयमा अनुगमन गर्ने गरेको  उनको भनाइ छ । 

‘नदीको पानी बगेर भारत गइरहेको छ । यहाँ हाम्रो खेत सुकिरहेको छ। सरकारले त गर्ने हो । तर, कसरी गर्ने । नदीकाे पानी हामीले उपयोग गर्न सक्नुपर्छ,’ उनले भने ।