close

१०० दिनमा सोचेअनुरुप काम हुन नसकेको अध्यक्षको स्वीकारोक्ति (भिडियोसहित)

१०० दिनमा सोचेअनुरुप काम हुन नसकेको अध्यक्षको स्वीकारोक्ति (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं ।  बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले सय दिनको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताएका छन् । 

संघ र प्रदेशबाट केही पनि सहयोग नआउँदा हामीले काम गर्न सकेको उनको भनाइ छ । 

‘शिक्षामा सुधार गर्ने मैले चुनावको प्रमुख एजेण्डा बनाएको थिएँ । गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालय छन् । जसमा एउटा विद्यालय निष्क्रिय छ । पहिलो कार्यपालिकाको बैठकअनुसारै सबै विद्यालयको प्रधानाध्यापकलाई बोलाएर निर्देशन दिएर काम गर्न लगाएको छु,’ उनले भने, ‘ शिक्षकहरू समयमा विद्यालय नजाने, शिक्षकको अभाव, भौतिक संरचनाको अभाव जस्ता समस्या रहेका छन् ।’

गाउँपालिकाको आन्तरिक स्रोत न्यून रहेको बताउँदै उनले खोलामा माछा ठेक्कामा लगाएर र बागमती खोलाको गिटी बालुवा आन्तरिक स्रोत रहेको बताए ।