close

‘जनप्रतिनिधि जनताका सेवक हुन्’

‘जनप्रतिनिधि जनताका सेवक हुन्’

Trulli
ADVERTISEMENT

काठमाडौं । धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छादारले जनप्रतिनिधि जनताका सेवक भएको बताएका छन् । जनताबाट निर्वाचित भएकाले जनप्रतिनिधिले जनताको सेवा गर्नुपर्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘ जनताले विश्वास गरेकाले उनीहरुको आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हो । हामी जनताका सेवक हौँ । शासक होइनौँ ।’

पालिकाले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने, जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने परिवारलाई उपहारस्वरुप एक विरुवा वितरण गर्ने बिरामीलाई निःशुल्क रगत वितरण गर्नेजस्ता कार्यलाई निरन्तरता भएको छ । 

अव्यवस्थित बजारीकरणका काराण सहर दुर्गन्धित भएको बताउँदै उनले फोहोर व्यवस्थापनलाई आफूले मूल एजेन्डा बनाएको बताए । उनले भने, ‘सोमबार र बिहीबार मेला लाग्छ । मेला लागेको भोलिपल्ट फोहोर डम्पिङ साइटमा लाने गरेका छौँ । र, डस्टबिनको व्यवस्था गरेका छौँ ।’

सरस्वति क्याम्पसमा महिला शिक्षाका लागि न्यून शुल्कमा बढ्ने व्यवस्था मिलाएको उनले बताए । 

‘सरस्वती क्याम्पसमा लगानी गरेर न्यून शुल्कमा पढाईको व्यवस्था गरेका छौँ । घरमा  बसेर उनीहरूले पढ्न पाउँछन् । सडकबत्तीको जडान गरेका छौँ । घुम्ती स्वास्थ्य सेवा वितरण गर्दै आएका छौँ । सो सेवाबाट धेरै लाभान्वित भएका छन् ।’