close

भौतिकभन्दा सामाजिक विकास महत्वपूर्ण छ :  मेयर पाण्डे (भिडियोसहित)

भौतिकभन्दा सामाजिक विकास महत्वपूर्ण छ :  मेयर पाण्डे (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेले बुटवललाई आर्थिक केन्द्रको रुपमा स्थापित गर्ने आफ्नो मुख्य ध्येय रहेको बताएका छन् । पालिका खबरसँग भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । 

बुटवललाई आर्थिक केन्द्रका रुपमा स्थापित गराउन भोलि पनि भन्न नपाउने आवस्था रहेको उनको भनाइ छ । कर्मचारी र आफूबीच सुमधुर सम्बन्ध रहेको बताउँदै कर्मचारीसँगको सम्बन्ध गुण र दोषका आधारमा रहने बताए । 

बुटवल नगरपालिकामा छाडा चौपायाको समस्याको रुपमा स्थापित भएको बताउँदै नगरमा आवश्यकता एकातिर र बजेट अर्कोतिर खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । 

‘हाम्रोमा समस्या एकातिर र अर्कोतिर बजेट खर्च भइरहेको छ,’ उनले भने, ‘ अधिकार हुँदा हुँदै पनि कतिपय जनचाहना पूरा गर्न नसकेको अवस्था छ ।’ यस्तै, भौतिक विकासभन्दा सामाजिक विकासमा बढी खर्च आवश्यक रहेको उनको भनाइ छ ।