close

साम्पाङ विरुद्ध अन्तरिम आदेश जारी

साम्पाङ विरुद्ध अन्तरिम आदेश जारी

Trulli
ADVERTISEMENT

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ विरुद्ध उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। माया धराने साबुन फ्याक्ट्री निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको अतिक्रमण गरेर सरकारबाट भोगाधिकार प्राप्त नगरी काम भइरहेको भन्दै काम नगर्न नगराउन विराटनगरस्थित उच्च अदालतले बुधबार उक्त आदेश जारी गरेको थियो ।

स्थानीयलाई रोजगारी प्रवर्द्धनका लागि साबुन फ्याक्ट्री सञ्चालन गर्नु ड्रिम प्रोजेक्टको रूपमा रहेको साम्पाङले बताउँदै आएका थिए । उनले धरान वडा नं २० मा रहेको जलकन्या सामुदायिक वन क्षेत्रमा जनश्रमदान जुटाइरहेका थिए । अदालतको आदेशपछि उक्त फ्याक्ट्रीको भविष्य संकटमा परेको छ ।