close

जन्मदिनको अवसरमा विपन्न परिवारलाई गाउँपालिका उपाध्यक्षको राहत वितरण

जन्मदिनको अवसरमा विपन्न परिवारलाई गाउँपालिका उपाध्यक्षको राहत वितरण

Trulli
ADVERTISEMENT

प्यूठान । झिमरुक गाउँपालिकाका उपाध्यक्ष  प्रमोद पोख्रेलले विपन्न परिवारलाई सहयोग गरेको छ । उपाध्यक्ष पोख्रेलले आफ्नो जन्मदिनको अवसरमा अति विपन्न परिवारलाई सहयोग गरेको हो । 

उनले विगतको जन्मदिनमा पनि विपन्न परिवारलाई सहयोग गर्दै आएको जनाएका छन् । उनका अनुसार यो वर्ष गाउपालिका ६ मर्कावाङमा पुगेर ५ बिपन्न परिवारलाई खाद्यान्न दाल, तेल,नुन चामल सहयोग गरेका हुन् । 

 उनले हरेब वर्षको जन्मदिनको अबसरमा  बस्तिमा पुगेर राहत वितरण गर्दै आएका बताए । सोही अनुरुप यस वर्ष  मर्कावाङ्ग पुगेर सहयोग गरेको उनको धारणा छ । आगमी वर्षमा पनि सोही रुपमा विपन्न परिवारलाई सहयोग गर्ने प्रतिवद्धता दायर गरे ।