close

श्रमदान गर्न प्रधानमन्त्रीलाई नगरप्रमुख साम्पाङको निम्तो

श्रमदान गर्न प्रधानमन्त्रीलाई नगरप्रमुख साम्पाङको निम्तो

Trulli
ADVERTISEMENT

सुनसरी  । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई श्रमदान गर्न धरानमा आमन्त्रण गरेको छ । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज साम्पाङ राईले पत्राचारमार्फत प्रधानमन्त्री दाहाललाई श्रमदान गर्न आमन्त्रण गरेका हुन् । 

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्बोधन गरी पत्रचार गरेका छन् । साेही  पत्राचारमार्फत प्रधानमन्त्रीलाई श्रमदान गर्न धरानमा आमन्त्रण गरिएको हाे । उपमहानगरपालिकालाई नमुना पालिका निर्माण गर्न आफूहरु लागि परेको सो पत्रमा नगरप्रमुख राईले उल्लेख गरेका छन् । 

उनले ऐतिहासिक, साँस्कृतिक, धार्मिक धरानलाई पूर्वाञ्चलको मात्रै नभई मुलुककै नमुना उपमहानगरपालिका बनाउन प्रयास गर्दै आएको बताए । तर दशकौंदेखिको खानेपानीको समस्या हालसम्म समाधान नभएको र सो समाधानको लागि श्रमदान गर्न लागेको बताए । 

सोही श्रमदान कार्यक्रममा स्थलगत अनुगमन गर्न र श्रमदानमा सहभागी हुन प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको सो पत्रमा उल्लेख गरिएको छ। उनी पत्राचारमा लेख्छन्, 'दशकौं पहिलेदेखिको खानेपानीको समस्या भोग्दै आएको यर्थाथ अनुरोध गर्दै हाल खानेपानीको समस्या र आपूर्तिको अवस्था र समाधान निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु।'