close

भनपा प्रमुख प्रजापति र सुन्दरहरैचाका प्रमुख गुरागाईंबीच भेटवार्ता

भनपा प्रमुख प्रजापति र सुन्दरहरैचाका प्रमुख गुरागाईंबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मोरङ्गको सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईंबीच भेटवार्ता भएको छ ।  नगरपालिकाको सभाकक्षामा मंगलबार दुइ नगरप्रमुख बीच भेटवार्ता भएको हो । 
 
भेटवार्तामा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा गरिरहेको कार्यकोबारे जानकारी दिएका छन् । उनले  नगरपालिकाले सञ्चालन गरेको ८ वटा कलेजहरुमा ७३ जिल्लाका ७ हजारभन्दा विद्यार्थीहरु अध्ययनरत रहेको तथा नपाले १०० शैय्याको आफ्नै अस्पतालसञ्चालन गरी न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी गराए।

 सुन्दरहरैचा नपाका प्रमुख गुरागाईंले सुन्दरहरैचा नपाको संक्षिप्त परिचय दिदैँ नगरपालिकाले गरिरहेको असल अभ्यास र विकास निर्माणका गतिविधिबारेमा जानकारी दिए । उनले भक्तपुर नगरपालिकाले गरिरहेको कार्य देशभरीकै स्थानीय तहका लागि उदाहरणीय रहेको चर्चा गरे । 

कार्यक्रममा दुई पालिकाका जनप्रतिनिधिहरुबीचको अनुभव आदान प्रदानलगायत स्थानीय तहले गरिरहेको कार्यहरुको छलफलबाट एउटा स्थानीय तहको समस्याहरुबारे अर्को स्थानीय तहलाई सिकाई हासिल हुने र जनप्रतिनिधिहरुबीचको निरन्तर छलफलबाट स्थानीय तहहरुबाट प्रदान हुने सेवा सुविधा राम्रो हुने विचार व्यक्त गरियो ।

प्रमुख प्रजापतिले प्रमुख गुरागाईलाई भक्तपुर प्रसिद्ध मयुर झ्याल र नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेका थिए ।