close

भक्तपुर र चामुन्दाका नगरप्रमुखबीच भेटवार्ता

भक्तपुर र चामुन्दाका नगरप्रमुखबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दैलेखको चामुन्दा बिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेशकुमार शाही नेतृत्वको टोलीले भेटेका छन् । भेटमा उनीहरुबीच पालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भइरहेको उपलब्धी र दुई नपाबीच आवश्यक सहकार्य गर्नेबारे अनुभव आदानप्रदान भएको छ।

 टोलीलाई भादगाउँले टोपी र खाँदाले स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको भौगोलिक अवस्था, शैक्षिक विशेषता, स्वास्थ्य क्षेत्रको उपलब्धी र विकास निर्माणमा उपभोक्ता मोडलबारे आफ्नो धारणा राखे ।

नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताउँदै उनले आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अगाडि बढ्ने शुत्रको रुपमा लिई काम गर्दै आएको बताए ।

 उनले देशका विभिन्न स्थानीय तहहरुबीच अनुभव आदानप्रदानको क्रम चालु रहेको बताउँदै   स्वास्थ्यमा घरदैलो नर्सिङ, वडा–वडामा स्वास्थ्य केन्द्र, १०० शैयाको ख्वप अस्पतालको सञ्चालनका साथै निःशुल्क अक्सिजन र निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था नपाले गर्दै आएको बताए।

 भेटमा चामुन्दा बिन्द्रासैनीका नगरप्रमुख गणेशकुमार शाहीले जनप्रतिनिधिहरूबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने हुँदा भक्तपुर नपाले विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको उपलब्धीबाट आफूहरुले पनि सिक्न चाहेको  बताए ।

 उनले कलेज सञ्चालन गर्न र विद्यालयहरुको व्यवस्थापन गर्न भक्तपुर नपाले बनाएको शिक्षा ऐनबारे जिज्ञासा राखे ।