close

मुसीकोट १ का वडाध्यक्षको मृत्यु प्रकरण : घटनास्थल पुग्यो प्रहरी

मुसीकोट १ का वडाध्यक्षको मृत्यु प्रकरण : घटनास्थल पुग्यो प्रहरी

Trulli
ADVERTISEMENT

गुल्मी - मुसीकोट नगरपालिका-१ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएको घटनास्थलमा प्रहरी निरीक्षक किरण सापकोटको टोली भर्खरै पुगेका  छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएका टोली पुगेर सामान्य सोधपुछको काम थालिएको प्रहरी निरीक्षक सापकोटाले पालिकाखबरलाई बताए । 

प्रहरी निरीक्षक सापकोटाका अनुसार घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएका हुन् भने पूरै गाउँ शोकमग्न छन् । आज बिहानै वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा स्टाटसमा लेखेका थिए, ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ 

नेपाली काँग्रेसका नगर कमिटि अध्यक्षसमेत रहेका घिमिरे शुक्रबार अपरान्ह घरबाट वडाको काममा निस्केका थिए  । तर उनी रातभर घर नफर्केको परिवारले जनाएको छ ।