close

‘मुसीकोटकाे आशा लाग्दो दीयो निभ्यो’

‘मुसीकोटकाे आशा लाग्दो दीयो निभ्यो’

Trulli
ADVERTISEMENT

गुल्मी-  मुसीकोट नगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष मोहन घिमिरेको निधनले मुसीकोटसँगै पूरै गुल्मी शोकमा डुबेको छ । उनी गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट ११८२ मत ल्याएर निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसको मुसीकोट नगर सभापतिसमेत हुन् । 

उनको निधनले मुसीकोटको एक आशासँगै भर लाग्दो युवा अस्ताएको भन्दै सयौं शुभचिन्तकहरूले सामाजिक सञ्जालमा दुस्ख व्यक्त गरेका छन् । जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्छ भन्दै हौसला दिने वडाध्यक्ष घिमिरेको अप्रत्यासित निर्णयले पूरै नगरबासी शोकमा डुबेको भन्दै उनीहरूले सामाजिक सञ्जालमा दु:ख व्यक्त गरेका हुन् । 

फेसबुकमा सन्दीप थापा लेख्छन्, ‘जस्तोसुकै परिस्थिति आए पनि डटेर सामना गर्नसक्ने युवाको लिस्टमा हुनुहुन्थ्यो । जुन आज निर्णय लिनुभयो यो कुनै पनि हालतमा मान्य छैन । तर विडम्बना मुटुमाथि ढुङ्गा राखी स्वीर्कानु परेको छ ।’

त्यस्तै अशोक गौतम सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्,‘तपाईलाई हामीले आशा लाग्दो युमा मानेका थियौं । अप्ठेरोमा साथ माग्नु भएको भए अवश्य हामी साथ दिन्थ्यो ।जुन आज निर्णय लिनुभयो यो कुनै पनि हालतमा मान्य छैन ।’

उनीहरूजस्तै सयौं जनाले स्टाटसमार्फत श्रद्धाञ्जली र सहानुभूति प्रकट गरेका छन् । गोपाल गिरी मेन्सन गर्दै लेख्छन्, ‘असाधारण र अद्भूत क्षमताका कारण समाजलाई रुपान्तरण गर्ने सक्ने राजनीतिक, सामाजिक र वैचारिक बहस गर्ने जुझारु युवा नेताले देहत्याग गरेको अपत्यारिलो खबरले नि:शब्द छु ।’ 

वडाध्यक्ष घिमिरेका एक छोरी र श्रीमती छन् ।