close

व्यस्तताका बाबजुद पनि आज निकै खुशी देखिए मेयर अधिकारी

उठ्न त बिहान पाँचै बजे उठ्छन् अनि बेलुकी ८ बजेसम्मै व्यस्त हुन्छन्, दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी । तर पनि उनलाई समय कति थोरै भएको महसुस हरेक दिन भइरहन्छ ।

व्यस्तताका बाबजुद पनि आज निकै खुशी देखिए मेयर अधिकारी

उठ्न त बिहान पाँचै बजे उठ्छन् अनि बेलुकी ८ बजेसम्मै व्यस्त हुन्छन्, दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी । तर पनि उनलाई समय कति थोरै भएको महसुस हरेक दिन भइरहन्छ ।

Trulli
ADVERTISEMENT

आज संविधान दिवस अर्थात् असोज ३ । आज पनि कार्यक्रमहरू थिए, सधैँका कार्यक्रम महत्त्वपूर्ण हुन्छन् नै । आज मेयर अधिकारीलाई व्यस्त बनाउने कार्यक्रमहरू तय भइसकेका थिए । 

बिहान ८ बजे उनी दुधौली नगरपालिका पुगे । प्रशासनिक भवन अगाडि झण्डोत्तोलनको कार्यक्रम थियो । नेपालको झण्डा पालिका अगाडि बिहानीको सिरसिरे हावाले फहराइरहेको थियो उनी भने पालिका परिसरभित्र सरसफाइतिर लागे । पालिकाका अधिकांश जनप्रतिनिधि र कर्मचारीहरू सरसफाइमा सहभागी थिए ।  

आज बिहानको खानापछि मेयर अधिकारी समाजको ऐना अर्थात् पत्रकारितामार्फत समाज देखाउँदै, झक्झक्याउँदै आएका पत्रकारहरूको भूमिकामाथि केन्द्रित भए । पत्रकारिताभित्र मौलाउँदै गएका गलत प्रवृत्तिका कारण समाजमा पार्ने नकारात्मक प्रभाव एकातिर थियो भने अर्काेतिर जायज पत्रकारिता गर्नेहरू कि त पलायन हुने अवस्थामा कि त धाक, धम्की र कुटाई पेलाईबाट आक्रान्त भएको यथार्थताकाबीचमा दुधौली प्रज्ञा प्रतिष्ठानले फलदायी गोष्ठीको आयोजना गरेको थियो । 

गोष्ठीमा अर्थपूर्ण उपस्थिति जनाएपछि पार्टी, विचार, वादका पछाडि नलागी जनताका जायज विषय उठाउने पत्रकारको संरक्षण गर्नुपर्ने सोच मेयर अधिकारीमा आज झन् गहिरो गरी गडेको छ ।

आजै मेयर अधिकारी दुधौली एफ्.एम् (९७.२ मेगाहर्ज)को दोस्रो वार्षिक उत्सवमा सहभागी भए । त्यो कार्यक्रममा साहित्यकारहरू गजल विधामा विद्यावारिधि गरेका डा. कृष्णहरी बराल, दिल पौडेल, माधव घिमिरे, महेश प्रसाईका साथै गायकहरू डिजराज पौडेल, शोभा पाण्डे लगायतको उपस्थिति रहेको थियो । 

दुधौली नगरपालिका वडा नं. २ मा जन्मिएका डा. कृष्णहरी बराल लगायतका साहित्यकार र गायकहरूको उपस्थितिले दुधौलीले आज झन् गर्बिलो महसुस गरेको मेयर अधिकारीले बताए । 

मेयर अधिकारीसँग कुरा गर्दा झमक्क साँझ परिसकेको थियो । उनलाई आज संविधान दिवसका अवसरमा आयोजना हुने दीप प्रज्वलन कार्यक्रममा जाने हतारो थियो । गाडीमा दौडँदै गर्दा मेयर अधिकारी प्रफुल्ल हुँदै पालिकाखबरसँग भने, ‘आजको दिन पनि उत्कृष्ट रह्यो ।’