close

गौरको मुहार फेर्दै मेयर साह, विद्युतीय पोलहरूमा इन्सुलेटेड तार जडान तीव्र

गौरको मुहार फेर्दै मेयर साह, विद्युतीय पोलहरूमा इन्सुलेटेड तार जडान तीव्र

Trulli
ADVERTISEMENT

रौतहट- गौर नगरपालिकाले इन्सुलेटेड तारसहित बिजुलीको पोल गाड्ने काम तीव्रताका साथ अघि बढाइको छ । 

नगरपालिकाका मेयर शम्भु साहको पहलमा सफा र व्यवस्थित नगर निर्माणका लागि अव्यवस्थित तार र जीर्ण पोल हटाउँदै इन्सुलेटेड तार जडान कार्य तीव्र बनाइएको हो । 

नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश विद्युतीकरण आयोजना लौट -५ परियोजनाअन्तर्गत  गौर नगरपालिकामा पोल गाड्दै इन्सुलेटेड तार बिस्तारको काम तीव्र बनाइएको मेयर साहले बताएका छन् । 

नगरपालिकाको विभिन्न वडाहरूमा विद्युतीय  पोल होचा र जीर्ण भएको, पोलको तार अव्यवस्थित देखिएको, तार निकै होचो भएर स्थानीयले असुरक्षित महसुस गरेको, घरमा तार टाँसिएको  र सडक बीचमा भएर सडक बिस्तार गर्न  असहज देखिएकोले ईन्सुलेटेड तारसहितका गुणस्तरीय  पोल गाड्ने प्रक्रिया अगाडि बढाइएको मेयर साहको भनाइ छ ।

अहिले करिब २ किलोमिटर ईन्सुलेटेड तार ,केही ठाउँमा नाङ्गो मोटो तारसहित पोल सार्ने र पोल  गाड्ने काम सम्पन्न भएको आयोजना प्रमुख धुपेन्द्र झाले बताए । १० किलोमिटरमा तारसहित ३०० पोल गाड्नुपर्ने अवस्था देखिएको प्रमुख झाको भनाइ छ। गौर नपामा मात्रै ३ करोडको बजेटमा कामलाई निकै प्रभावकारीको साथ अघि बढाइएको झाको भनाई छ।

मेयर साहले नगरको जनताको चासो र सरोकारको विषयलाई सम्बोधन गर्न देखाएको हार्दिकता निकै सह्रानीय रहेको स्थानीय दिपल यादवले बताएका छन् ।

निर्वाचित भए पछि छोटो समयमै गौर नगरबासीमा लोकप्रिय बन्न सफल मेयर शम्भु साहले रौतहटको सदरमुकाम समेत रहेको गौर नपाको  बिपी चोकमा घण्टाघरको निर्माण कार्यसमेत अगाडि बढाएका छन् । 

मेयर साह निर्वाचित भएपछि एक वर्षभित्र टाउन हल निर्माण, विवाह मण्डप निर्माण, बहरवामा झोलुङ्गे पुल निर्माण र मोटरबोट चलाउने कार्यजस्ता कार्यलाई तीव्र रूपमा अघि बढाएका छन् ।