close

वडाध्यक्षको सक्रियतामा अवैध संरचना भत्काइयो

वडाध्यक्षको सक्रियतामा अवैध संरचना भत्काइयो

Trulli
ADVERTISEMENT

सुनसरी- इटहरीस्थित टेङ्ग्रा खोला अतिक्रमण गरेर बनाइएको राष्ट्रिय भूतपूर्व सैनिक क्लबको भवन भत्काइएको छ । इटहरी उपमहानगरपालिका-६ का वडाध्यक्ष दिवस पोख्रेलको सक्रियतामा मङ्गलवार क्लबको भवन भत्काइएको हो ।

अतिक्रमण गरिएको खोलाको जग्गा नाप जाँच गर्दा खोला अतिक्रमण भएको पाइएपछि क्लबलाई भत्काउने ताकेता गरिएको थियो ।  खोला तथा पैनी अतिक्रमण गरी बनाइएको संरचना हटाउने अभियान चलिरहेको बेला वडा नं ६ ले यसलाई सार्थकता प्रदान गर्दै अभियानलाई निरन्तरता दिएको बत्ताइएको छ ।

लामो समय देखि इटहरीको टेंग्रो खोला किनारमा अवस्थित राष्ट्रिय भूतपूर्व सैनिक क्लब भवनबारे वडामा चर्चा चल्दै आएको थियो ।