close

कालिका र हिरोशिमा नगरपालिकाबीच भगिनी सम्झौता

कालिका र हिरोशिमा नगरपालिकाबीच भगिनी सम्झौता

Trulli
ADVERTISEMENT

चितवन- कालिका नगरपालिका र जापानको हिरोशिमा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ । 

भगिनी सम्बन्ध स्थापित भएसँगै कालिका नगरले जापानको हिरोशिमा नगरपालिकाको नेतृत्वमा सञ्चालित ‘शान्तिका लागि मेयर’ कार्यक्रमको सदस्यता प्राप्त गरेको छ । हिरोशिमा र नागासाकीमा भएका आणविक हतियार प्रयोगको घटनाबाट प्रभावित भई संसारभभरि आणविक हतियारमुक्त नगर तथा समाजको निर्माण गर्दै विश्वशान्तिको लागि यो कार्यक्रम विश्वव्यापीरुपमा सञ्चालन गरिएको छ ।

कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीलाई ‘शान्तिका लागि मेयर’ कार्यक्रमको तर्फबाट हिरोशिमा नगरपालिकाका नगरप्रमुख मात्सु कजुमीले पत्राचार गरी सो कार्यक्रमको सदस्यता पत्रसहित कार्यक्रमले बोकेको उद्देश्यमा अघि बढ्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

दुई नगरबीच भगिनी सम्बन्ध स्थापित भएपछि खुशी व्यक्त गर्दै मेयर विनोद रेग्मीले भने, ‘हामीले डकुमेन्ट पेस गरेअनुरुप हाम्रो नगरपालिका चयन भएको छ, यस सम्बन्धले यहाँको यहाँको संस्कृति तथा रीतिरिवाजलाई विकसित राष्ट्र जापानमा प्रचारप्रसार गर्न पाइने र त्यहाँको विकासबाट हामीले धेरै कुरा सिक्ने मौका पाउने छौँ ।’ मेयर रेग्मीले भगिनी सम्बन्ध स्थापित भएकोमा खुशी व्यक्त गरे ।