close

धरानको 'मेयरकोष'बाट भूकम्प पीडितलाई पाँच लाख सहयोगको घोषणा

धरानको 'मेयरकोष'बाट भूकम्प पीडितलाई पाँच लाख सहयोगको घोषणा

Trulli
ADVERTISEMENT

सुनसरी - धरान उपमहानगरपालिकाको नगरप्रमुख हर्क साम्पाङले मेयर कोषबाट जाजरकोट भूकम्प पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने घाेषणा गरेका छन् । नगरप्रमुख साम्पाङले आफ्नो सामाजिक सञ्जालमा फेसबुककाे स्ट्याटसमार्फत मेयरकोषबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जनाएका हुन् । 

उनले लेखेका छन्, 'जाजरकोटका भूकम्प पिडितहरुलाई तत्कालका लागि मेयरकोषबाट ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरियो  ।' सो रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिदिने नगरप्रमुख साम्पाङले उल्लेख गरेका छन् ।