close

ललितपुरका प्रमुख भारत भ्रमणमा

ललितपुरका प्रमुख भारत भ्रमणमा

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरबाबु महर्जन भारत भ्रमणमा गएका छन् । भारतका शहरहरुको फोहर मैला व्यवस्थापन, हरियाली प्रवर्द्धन लगायत स्मार्ट सिटी अन्य प्रविधिबारे बुझ्न भारत गएका हुन् ।

भारत सरकारको निमन्त्रणामा विभिन्न शहरहरुको फोहर मैला व्यवस्थापन, हरियाली प्रवर्द्धनलगायत स्मार्ट सिटी अन्य प्रविधिबारे बुझ्न भारत गएका हुन् ।

महानगर प्रमुख महर्जनले अहमदवाद र इन्दोरका फोहर मैला प्रशोधन केन्द्र तथा फोहोर संकलन केन्द्रको प्रविधि र प्रणालीबारे अध्ययन तथा अवलोकन गरेका छन् । भ्रमणकै क्रममा भारतका अन्य दुई शहर पुणे र गोरखपुरका असल अभ्यासहहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।