close

‘स्थानीय तहलाई हतियारसहितको सुरक्षाकर्मी आवश्यक’

‘स्थानीय तहलाई हतियारसहितको सुरक्षाकर्मी आवश्यक’

Trulli
ADVERTISEMENT

सुनसरी- इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले स्थानीय तहको प्रहरीलाई हतियार आवश्यक भएको बताएका छन ।     
सुनसरी जिल्लाभरका स्थानीय तहका न्यायीक समितिका प्रमुखबीच भएको छलफलमा प्रमुख अतिथि रहेका नगरप्रमुख पौडेलले स्थानीय तहको न्यायिक समितिलाई सुदृढ र प्रभावकारी बनाउनका लागि हतियार सहितको प्रहरी आवश्यक भएको बताएका हुन् । 

न्यायिक समितिको निर्णय कार्यन्वयनका लागि स्थानीय सरकारलाई हतियार सहितको प्रहरी चाहियो उनले भने । आफ्नो निर्णय कार्यन्वयन गराउन प्रहरी गुहार्दा माथिल्लो आदेश पर्खनु पर्ने बताउने गरेको बताउदै नगरप्रमुख पौडेलले पालिकाको प्रहरीलाई हतियार दिन सरकारसँग आग्रह गरे । 

संविधान र ऐनका प्रावधानमा आधारित रहेर स्थानीय सरकारका अधिकार र जिम्मेवारीहरू अनुसार अघि बढ्न कानुन, नियम तथा विनियम बनाउने कुरामा अप्ठ्यारो बताउँदै तीनै तहका सरकारबीच समन्वय र सहकार्यबाट अप्ठ्यारो फुकाउनुपर्ने उनको भनाइ छ ।