close

‘धरान उत्सव’ मनाउन बालेन धरानमा

‘धरान उत्सव’ मनाउन बालेन धरानमा

Trulli
ADVERTISEMENT

सुनसरी– काठमाडौं  महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन ) धरान पुगेका छन् । नगरप्रमुख शाह शुक्रबारदेखि सुरु भएको ‘धरान उत्सव’को उद्घाटन गर्न धरान उपमहानगरपालिकामा पुगेका हुन् । 

धरानले शुक्रबारदेखि धरान शहरको स्थापनाको १२३ औँ वर्ष पुगेको अवसरमा धरान उत्सव मनाइरहेको छ । सो उत्सवको अतिथिका रुपमा काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहलाई धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले निमन्त्रणा गरेका हुन् ।

यसअघि बालेनको निमन्त्रणमा काठमाडौं महानगरपालिकाको २८ औँ स्थापना दिवसमा सहभागिता जनाउन धरानका नगरप्रमुख साम्पाङ काठमाडौं आएका थिए ।