close

नगरप्रमुखको सुविधाबाट विपन्नलाई घर

नगरप्रमुखको सुविधाबाट विपन्नलाई घर

Trulli
ADVERTISEMENT

इलाम- फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले आफूले पाउने सेवा सुविधाबापतको रकमबाट विपन्न परिवारलाई आवास निर्माण गरि दिएका छन् । उनले फिदिम नगरपालिका- १२ का कर्णबहादुर थाम्सुहाङ र मनमाया थाम्सुहाङ दम्पतीलाई १ लाख ६५ हजार बराबरको घर बनाएर हस्तान्तरण गरेका हुन् । 

निर्वाचनताका नै उनले राज्यले उपलब्ध गराएको सुविधा विपन्न समुदायको उत्थानका लागि खर्च गर्ने प्रतिबद्वता जनाएका थिए ।   बुधुकको जङ्गल नजिकै छाप्रोमा जीवन बिताउँदै आएका दम्पतीलाई घर हस्तानतरण गरिएको नगरप्रमुख काफ्लेले बताए ।  

यसअघि पनि नगर क्षेत्रका विपन्न समुदालाई विभिन्न किसिमका सहयोग गरेका थिए । यसपटक उनले थाम्सुहाङ दम्पतीलाई बनाइदिएको घर बुधवार हस्तान्तरण गरिएको हो । 

आफ्नो नाममा जग्गा जमिन नभएका थाम्सुहाङ दम्पती गिटी कुटेर जीवनयापन गर्छन् ।