close

कांग्रेसको चुनावी गीत ‘चार तारे झण्डा’

कांग्रेसको चुनावी गीत ‘चार तारे झण्डा’

Trulli
ADVERTISEMENT

स्थानिय निर्वाचन नजिकिर्दै गर्दा गायिका तथा गीतकार सायत्री थापाले काँग्रेस गीत ‘चार तारे झण्डा’ ल्याएकी छन् । गीत शनिबार साँझ आयोजित एक कार्यक्रममा नेपाली काँगेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरे ।

 

कार्यक्रममा महामन्त्री शर्माले कलाकारको श्रृजना ठुलो बल हुने बताउदै ‘चार तारे झण्डा फरर’ गीतले स्थानिय चुनावमा नेपाली काँग्रेसलाई जिताउन सजिलो हुने बताए । ‘काँगेस गीत बनाएको गीतकार थापालाई धन्यवाद । कलाकारको यस्तै साथ र सपोट भए काँग्रेसले स्थानिय निर्वाचनमा सजिलै जित हासिल गर्छ भन्ने मेरो विश्वास रहेको छ’ महामन्त्री शर्माले अगाडि थपे ‘गीत तथा साहित्यको बल ठुलो हुन्छ ।’ शर्माले काँग्रेस गीत सबैको मनमनमा बस्ने खालको बनेको बताए ।


त्यस्तै गायिका तथा गीतकार थापाले नजिकिँदै गरेको निर्वाचनमा नेपाली काँग्रेसलाई विजय प्राप्त गर्न सघाउने उदेश्यले गीत बनाएको बताइन् । ‘स्थानिय निर्वाच नजिकिदै गर्दा आफु नजिकको पार्टीलाई जिताउन कलाकारले महत्व पुर्ण भुमिका खेल्नसक्नु पर्छ’ थापाले भनिन् ‘नेपाली काँग्रेसले मात्र देशभर जनताको भलो गर्न सक्छ । त्यो बुझाउन मैले गीत बनाएको हो ।’ आफ्नो गीतमार्फत नेपाली काँग्रेसको महत्व आमनेपालीले बुझ्ने उनको भनाई रहेको छ ।


गीतले काँग्रेस भन्दा राम्रो पार्टी अन्य नभएको भन्दै मेचिदेखि महाकालीसम्म सबै मिलेर विपिको समाजवादको नारा साकार पार्नुपर्नेमा जोड दिएको छ । गरिवको दुःख हेर्ने, मजदुरको साथ दिने, विकाशको आधार नै काँग्रेस भएको समेत गीतले भनेको छ । गीतमा राम्रो र हाम्रो पार्टी काँग्रेस नै भएको समेत उल्लेख छ । साथदिने सितल दिने सबैको प्यारो रुख, काँग्रेसनै हो सबैको बुझ्ने पिर दुख जस्ता शब्दले पनि गीतमा प्रथामिकता पाएको छ ।


लोक, आधुनिक थुप्रै गीतमा शब्द तथा स्वर भरेकी गायिका गायत्रीलाई यो गीत गायनमा कृष्ण काफ्ले र रीता केसीले साथ दिएका छन् । राजकुमार बगरको संगीत रहेको गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा विजय पुन, रीचा थापा, आरुसी मगर, जर्नादन आचार्य लगायत थुप्रै ब्यक्तिको अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा नविन घर्तीमगरको सम्पादन छ ।