close

दशैंको बेला घरमै भत्ता पाएपछि सुकाजोरका नागरिक खुसीले दंग

दशैंको बेला घरमै भत्ता पाएपछि सुकाजोरका नागरिक खुसीले दंग

Trulli
ADVERTISEMENT

रामेछाप– चार वर्ष अघि सम्म सामाजिक सुरक्षा भत्ताको रकम लिन दुई दिन लगाएर मन्थली धाउन बाध्य सुकाजोरका नागरिक गाउँको स्थानीय सरकारले घर–घरमै भत्ता ल्याइयदएपछि खुसीले दंग हुन थालेका छन् ।

 

आफैले भोट दिएर जिताएका जनप्रतिनिधिले कोरोनाको कहर त्यो पनि दशैंको मुखमा आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता लिएर आउन थालेपछि अपाङ्गता भएका व्यक्तिदेखि जेष्ठ नागरिक सम्मका स्थानीय खुसीले दंग हुन थालेका हुन् ।


सुकाजोर बिर्ताका स्थानीय राम बहादुर हायुले कोरोनाको त्रासमा रहेका नागरिकहरुको समस्या बुझ्दै घरमै आएर भत्ता उपलब्ध गराउनु निकै राम्रो भएको बताए । हायुले भने,–‘हामीले दिएको एक भोटले यस्तै काम गरोस भनेर अपेक्षा गरेका थियौ । बल्ला गाउँमा सरकार आएको महसुस हुन थालेको छ । यस्तो सेवा निरन्तर होस ।’

 

दशैं नजिकिएसँगै स्थानीयहरुलाई आर्थिक रुपमा समेत समस्या नहोस भन्ने उद्देश्यले कोरोना कहरबीच पनि आफ्ना नागरिकहरुको घरमै पुगेर भत्ता उपलब्ध गराउँदा आफूहरुलाई पनि थप काम गर्न उर्जा मिल्दै गएको वडाध्यक्ष समिर कार्कीको भनाई छ । वडाध्यक्ष कार्कीले शुभकामना दिँदै कोरोना संक्रमण फैलन सक्ने भएकाले परिवारका सदस्य जहाँ छन् त्यही बसेर दशैं मनाउन सुझाएको बताए ।

 

सामाजिक सुरक्षा भत्ता पाउनेमा सबै भन्दा बढी लोपउन्मुख हायु जाती ७ सय ३० जना छन् । त्यसैगरी जेष्ठ नगरिक २ सय ६५ जना, एकम महिला ७९ जना, अपाङ्गता भएका व्यक्त ४० जना, दलित जेष्ठ नागरिक ५ जना र दलित बालबालिका ८ जना गरी सुकाजोरमा एक हजार एक सय २७ जनाले भत्ता पाएको वडा सचिब उत्तम कार्कीले बताए  । उनका अनुसार सामाजिक सुरक्षा भत्तामा मात्रै रामेछाप–७ सुकाजोरमा एक करोड ३३ लाख ८५ हजार खर्च हुन्छ ।