close

चिडियाखानालाई ललितपुर महानगरको १० लाख सहयोग

चिडियाखानालाई ललितपुर महानगरको १० लाख सहयोग

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुर महानगरपालिकाले सदर चिडियाखानालाई १० लाख रुपैयाँ सहयोग गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार एक कार्यक्रमबीच चिडियाखानाका प्रमुख चिरन्जीवी  पोखरेललाई चेक हस्तान्तरण गरे ।


कोरोना महामारीका कारण आम्दानी नभएकाले जनावरलाई आहारा खुवाउनै हम्मे हम्मे परेको जानकारी पाएपछि सहयोग गरेको प्रमुख महर्जनले बताए ।


‘कोरोना महामारीका कारण आम्दानी नभएपछि चिडियाखानाका धेरै कर्मचारीले आधा तलवमा कामगर्नु भएको रहेछ , जीवजन्तुको आहारा किन्नै धौ धौ परेको रहेछत्यही भएर सहयोग गरेका हौं’, प्रमुख महर्जनले भने ।


चिडियाखानाको आम्दानी नभएका कारण जिवजन्तुको आहारा प्रभावित हुनु नहुने बताउँदै अपुग भए पुन सहयोग जुटाउने प्रतिवद्धता जनाए । प्रमुख महर्जनले आधा तलबमा जीवजन्तुको स्याहारसुसार गर्ने कर्मचारीको उनले प्रसंशा गरे ।


कार्यक्रममा चिडियाखानाका प्रमुख चिरञ्जिवी पोखरेलले अप्ठ्यारो परिस्थितिमा महानगरले सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने, ‘चिडियाखानाले आर्थिक अभाव झेलिरहेको अवस्थामा कतैबाट सहयोग पाएका थिएनौं, ललितपुर महानगरपालिकाले अभिभावकको भूमिका निर्वाह गरेकामो खुसी छौं ।’


नेपाल सरकारले कोरोना नियन्त्रणका लागि २५ जना भन्दा धेरै जमघट हुन नपाउने निर्णय गरेसँगै चिडियाखाना बन्द हुँदा आर्थिक अभाव झेल्नु परेको उनले बताए ।


चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार टिकटबाट उठेको रकमबाटै जीवजन्तुको आधार खरिद लगायत अन्य काम गरिन्छ । दैनिक ,३० देखि ४० थरीका खानेकुरा तयार पार्नुपर्छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाको उपस्थिति थियो ।