close

२० वर्षपछि विवाह गर्ने जोडीलाई गाउँपालिकाको पुरस्कार !

२० वर्षपछि विवाह गर्ने जोडीलाई गाउँपालिकाको पुरस्कार !

Trulli
ADVERTISEMENT

बझाङ– बझाङमा जिल्लाकै विकट र सदरमुकामबाट चार दिनको पैदल यात्रामा मात्र पुगिने साइपाल गाउँपालिकाले २० वर्षपछि विवाह गर्ने जोडीलाई पुरस्कार दिने निर्णय गरेको छ ।


गाउँपालिकामा सानै उमेरमा विवाह गरिदिने र कतिपय किशोर किशोरीहरूले आफैँ भागेर बालविवाह गर्ने प्रचलन बढ्न थालेपछि यसलाई रोक्न यस्तो निर्णय गरेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।


विद्यालय जाने उमेर समूहका बालबालिकालाई बालविवाहबाट रोक्ने जिम्मा विद्यालयलाई दिएका कारण आफूहरू बालविवाह रोक्न लागिपरेको र अहिलेसम्म दुई बालिकालाई उद्धार गरी माइतीघरमै ल्याउन सफल भएको धुली माविका प्रधानाध्यापक नवराज जोशीले बताए ।


गाउँपालिकाभित्र वा बाहिर २० वर्ष उमेर नपुग्दै कोही कसैले विवाह गरी ल्याएको वा भागेको खण्डमा प्रहरी प्रशासनसँग अनुरोध गरी कारवाही गर्ने गाउँपालिकाको नीति छ ।


गाउँपालिका अध्यक्ष धामीले उमेर नपुग्दै विवाह गर्ने प्रचलनलाई निरुत्साहित गर्न र २० वर्षपछि मात्र विवाह गर्ने चेतना विकास गर्नका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको बताए । उनले भने, ‘उमेर नपुग्दै विवाह गर्ने बढ्दो क्रमलाई रोक्न नसकेपछि २० वर्ष नपुगी बिहे गर्नेलाई प्रहरीद्वारा कार्बाही गर्ने र २० वर्षपछि मात्र बिहे गर्ने जोडीलाई नगद पुरस्कार दिने निर्णय गरेका हौँ ।’