close

गाउँटोलमै पुगेर बाआमालाई भत्ता

गाउँटोलमै पुगेर बाआमालाई भत्ता

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– बर्दघाट नगरले गाउँमै सामाजिक सुरक्षा वितरणको व्यवस्था गरेपछि लक्षित वर्ग लाभान्वित भएका छन् । बैँक तथा टोल विकास संस्थाहरूसँगको समन्वयमा वडाका जनप्रतिनिधिले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका हुन् ।


अशक्त, असहायका लागि वडा–वडामा सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाइएको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए । ‘अशक्त, असहायहरूलाई बैंक धाउनुपर्ने बाध्यता अन्त्य गर्न र कोरोना कहरबाट बचाउन गाउँमै भत्ता दिन सुरु गरेका हौं’, बस्यालले भने ।


बर्दघाट–४ का वडाध्यक्ष रवीन्द्रविक्रम हमालले २१ वटै टोल विकास संस्थासँग समन्वय गरी वडा सदस्यमार्फत भत्ता वितरण गरिएको जानकारी दिए । शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष सोविर पुनले टोलमा सबै सरोकारवाला जुटेर वृद्धवृद्धका हातहातमै भत्ता दिइएको बताए ।


‘गाउँमै भत्ता दिइएपछि ज्येष्ठ नागरिक, एकल महिला एंव आपांगता भएका टोलबासी खुसी छन्’, उनले भने । बंैकमार्फत गाउँमै वितरण गरिएको भत्ताले वृद्ध बाआमा खुसी भएको उनले बताए ।