close

पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत ढकालको निधन

पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत ढकालको निधन

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको उपचारका क्रममा निधन भएको छ ।


भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतामा उपचारका क्रममा अधिकृत ढकालको निधन भएको हो ।


नेपाल सरकारको खरिदार पदबाट सरकारी सेवामा प्रवेश गरेका ढकाल नायव सुब्बा र अधिकृत हुँदै उपसचिव भएका थिए ।


ढकाल डोरपाटन नगरपालिका बाग्लुङबाट पुतलीबजारको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गत माघमा स्याङ्जा आएका थिए । 


ढकाल लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रहेको १४ नम्बरका वडा अध्यक्ष शेषराज ढकालले जानकारी दिए ।


ढकालका एक श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् । ढकालको निधन भक्तपुरमा भए पनि उनको दाहसंस्कार पोखरास्थित रामघाटमा हुने परिवार स्रोतले जानकारी दिएको छ ।