close

जेल ब्रेकरको सम्झनामा इन्द्रसरोबरले दियो बिदा

जेल ब्रेकरको सम्झनामा इन्द्रसरोबरले दियो बिदा

Trulli
ADVERTISEMENT

मकवानपुर- इन्द्रसरोबार गाउँपालिका निवासी नख्खु जेल ताड्ने मध्येका एक विर बहादुर लामाको निधनमा शोक व्यक्त गर्दै गाउँपालिका कार्यालयले सार्वजनिक विदा दिएको छ ।


पूर्व सांसदसमेत रहेका लामाको २३ कार्तिकमा पाटन अस्पतालमा उपचारका क्रममा ७० वर्षका उमेरमा निधन भएको थियो । गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक विज्ञप्ति जारी गर्दै आज बुधवार गाउँपालिकामा सार्वजनिक विदा दिएको बताएका छन् । स्वर्गीय लामा अध्यक्ष लामाको ससुरासमेत हुन् ।


तत्कालीन नेकपा एमालेका केन्द्रीय नेता, तत्कालीन जिल्ला विकास समिति मकवानपुरका पूर्वसभापति सांसद लामाले मिर्गौलामा समस्या भएपछि लामो समयदेखि उपचार गराइरहेका थिए ।

 

लामाको बौद्ध परम्परा अनुसार आज बुधवार काठमाडौंको स्वयम्भुमा अन्त्येष्टि गरिएको छ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाललगायतका नेताहरुले लामाको पार्थिक शरिरमा मंगलबार स्वयम्भूमा नेकपाको झण्डा ओडाए ।