close

फोन गर्न अग्लो डाँडो खोज्दै हिड्नुपर्छ ‘ई–बडिमालिका’मा

फोन गर्न अग्लो डाँडो खोज्दै हिड्नुपर्छ ‘ई–बडिमालिका’मा

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बडिमालिका नगरपालिकालाई ई–बडिमालिका घोषणा गरिएको छ । सदरमुकामसमेत रहेको यो नगरपालिकामा बिजुली, सडक र यातायातलगायतका सुविधाको पहुँच भएकाले ई–बडिमालिका घोषणा गरिएको हो ।


तर, नगरलाई ई–बडिमालिका घोषणा गरिए पनि अधिकांश ठाउँ यस्ता छन्, जहाँ स्थानीय सामान्य बिरामी हँुदा जिल्ला अस्पताल धाउनुपर्छ । गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रसमेत छैन ।

 

सामान्य ज्वरो आउँदा, टाउको दुख्दा र प्राथमिक स्वास्थ्य सेवा लिन सदरमुकाममा रहेको जिल्ला अस्पताल धाउनुपर्ने अवस्था छ । कतिपय स्थानीयले त अस्पतालसमेत देखेका छनैन् ।

 

गाउँका महिला प्रसूति हुँदा एक महिना अगाडि मार्तडीमा कोठा भाडामा लिएर बस्नुपर्ने अवस्था छन् । दुदुली गाउँबाट सदरमुकाम मार्तडी जान स्थानीयलाई करिब चार घन्टा पैदलै लाग्छ ।

 
बाजुराको सुगम मानिने बडिमालिका नगरपालिका हो । तर, नगरभित्रको दुदुली बस्तीमा न्यूनतम पूर्वाधासमेत छैन । बडिमालिका–७ रजातोली ढम्कने र भोटे बाडाको बीचमै रहेको दुदुलीमा करिब २० परिवारको बसोबास छ ।


त्यहाँका नागरिकले सरकार छ भन्ने अनुभूति अहिलेसम्म गर्न पाएका छैनन् । स्थानीय सरकारले करोडांै बजेट परिचालन गरे पनि आपूmहरुलाई नहेरेको दुदुलीका नागरिकको गुनासो छ ।

 

‘दुदुली बस्तीमा चुनावका बेला नेताहरु भोट माग्न आए पनि विकास निर्माणमा बस्ती जहिल्यै उपेक्षित बनेको छ । दुदुलीमा हाल बिजुलीबाहेक अरु  विकास पुगेको छैन । सोही वडा हुँदै मार्तडी–कोल्टी जोड्ने सडक मार्ग छ । अरु गाउँमा ठूला योजना छन् तर सो गाउँमा विकाका नाममा बिजुलीबाहेक अरु पूर्वाधार बनेका छैनन्’, स्थानीय भन्छन् ।


नगरपालिकाका हरेक वडा–वडा, गाउँ–गाउँमा सडक सञ्जालले जोडिए पनि सो क्षेत्रमा विकासका लागि कसैको चासो नदेखिएको स्थानीय बताउँछन् ।

 
दुदुली बस्तीमा हालसम्म नेपाल टेलिकमको नेटवर्क अहिलेसम्म पुगेको छैन । नगरपालिकाले ई–बडिमालिका घोेषणा गरे पनि बडिमालिकाका कैयौं बस्तीमा फोन सुविधा छैन । यहाँका स्थानीयले फोन गर्नैका लागि नेटवर्कमाथिको डाँडामा जानुपर्ने बाध्यता छ । ‘सडक, कृषि बजारको व्यवस्था नहुँदा आलु, मकै कोदो उत्पादन घन्टौ बोकेर नजिकैको सडकमा पु¥याउनुपर्छ’, एक स्थानीय भन्छन् ।


 
दुदुली क्षेत्रमा उचित खानेपानीको व्यवस्थापन हुन सकेको छैन । ‘नगरपालिकाले तोकेको कर तिर्छौ तर यहाँ न हामीलाई हिँड्न सहज बाटो छ न खानेपानी छ, न त कुनै फोन सुविधा’, एक युवा भन्छन् । फोन गर्न पनि डाँडा चढ्दा एक घन्टा लाग्ने गरेको उनले सुनाए ।