close

ताप्लेजुङको मिक्वाखोलामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु, १ घाइते 

ताप्लेजुङको मिक्वाखोलामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु, १ घाइते 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं.- १ खोक्लिङको सल्लेरीस्थित कच्ची सडकमा बुधबार भएको लु४त ६५४८ नम्बरको ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा ट्र्याक्टरका सहचालक मिक्वाखोला गाउँपालिका- २ का अन्दाजी २२ वर्षीय दले गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ट्र्याक्टरमा सवार चालक कृष्ण थापाका अन्दाजी छ वर्षीय छोरा किर्जम थापा घाइते भएर उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याइँदै गरेको समेत श्रेष्ठले जानकारी दिए । 


चालक थापा भने फरार रहेको प्रहरीले बताएको छ । ओझा गाउँबाट खोक्लिङतर्फ जाँदै गरेको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिव पाँच मिटर तल खसेको समेत प्रहरीले बताएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिई गएको समेत प्रहरीले जानकारी दिएको छ ।