close

दुई महानगरपालले भने- 'काठमाडौं र पोखरालाई पर्यटनसँग जोडौँ'

दुई महानगरपालले भने- 'काठमाडौं र पोखरालाई पर्यटनसँग जोडौँ'

Trulli
ADVERTISEMENT

कास्की- काठमाडौं महानगरप्रमुख विद्यासुन्दर शाक्यले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटनको माध्यमबाट मुलुकको अर्थतन्त्रलाई समृद्घ बनाउन सकिने बताएका छन् ।


पोखरा महानगरको अध्ययन भ्रमणका क्रममा उनले सो कुरा बताएका हुन् ।


महानगरप्रमुख शाक्य काठमाडौं महानगर र रामग्राम नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी भई काठमाडौं फर्किने क्रममा पोखरा पुगेका थिए ।


त्यस क्रममा शाक्यले काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवद्र्धनका काम गर्न सके पर्यटन व्यवसायबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताए ।

 
‘काठमाडौं मानव सिर्जित कला, मन्दिर र जात्राको शहर हो । यसैगरी पोखरा प्राकृतिक सम्पदाले सम्पन्न शहर हो । काठमाडौं र पोखराको यो पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न सकिन्छ । दुई नगरको यो प्रयास अन्तरपालिका समन्वय र सहकार्यका दृष्टिले अनुकरणीय बन्नेछ’, महानगरप्रमुख शाक्यले भने ।

 
कार्यक्रममा पोखरा महानगरप्रमुख मानबहादुर जीसीले काठमाडौं महानगरपालिका जेठो महानगर र संघीय राजधानीको महानगर भएकाले उसले सबै पालिकाका समस्याको समाधानका लागि नेतृत्व गर्नुपर्ने बताए  ।


‘अहिले पनि योजना छनोट प्रक्रिया पुरानै प्रणालीको छ । कर्मचारी व्यवस्थापन हुन सकेको छैन । काम गर्ने तरिका पुरानै छ अनि स्थानीय सरकारले कसरी जिम्मेवारी पूरा गर्न सक्छन् ?’, उनले भने ।
 

उनले संघीय व्यवस्थालाई दिगो बनाउन संघीयताको मर्मअनुसारका संघीय कानुन निर्माणमा ध्यान दिनुपर्ने बताए  । ‘स्थानीय सरकार बलियो हुनुपर्छ । यसका लागि नगरपालिकाहरू आफैँले पनि सरकारको भूमिका निर्वाह गर्नुपर्छ’, महानगरप्रमुख जीसीले भने ।