close

१२ घण्टाका २० खबर : हेडसरलाई गोली, जुम्लाको बिजुली ‘जय भोलि’ (भिडियाेसहित)

१२ घण्टाका २० खबर : हेडसरलाई गोली, जुम्लाको बिजुली ‘जय भोलि’ (भिडियाेसहित)

ADVERTISEMENT

आज मंगलबार । देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) अज्ञात समूहद्वारा मोरङको मिक्लाजुङ गाउँपालिकाका- १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या, घटनाबारे प्रहरी अनुसन्धान सुरु 


२) धनगढी उपमहानगरपालिका- १४ को वडा कार्यालय भवन शिलान्यास, अन्य वडा कार्यालयको भवन पनि धमाधम बन्दै 

 

३) देशभरका नगर,  उपमहानगर र महानगरपालिकाकाको छाता संस्था नेपाल नगरपालिका संघको सातौं राष्ट्रिय अधिवेशन सम्पन्न, कोरोनाको कारण अधिवेशन भर्चुअलमै सीमित 

 

४) भैरहवामा आधुनिक कृषि भवन निर्माण हुने, चिस्यानदेखि कृषि बजार, रेस्टुरेन्टदेखि सिनेमा हलसम्म एकै ठाउँ 


५) जुम्लाको तिला गाउँपालिका- ३ कुडारीमा सुविधायुक्त १० शय्याको अस्पताल बन्ने, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले गरे अस्पतालको शिलान्यास 


६) डोटीको बडिकेदार गाउँपालिका-५ का वडाध्यक्ष बुद्धिसागर विनाडीले आफ्नै लगानीमा १० घरपरिवारलाई  वितरण गरे सोलार । सोलार पाएपछि अँध्यारोमा बस्दै आएका विपन्न परिवार खुसी 

 

७) सर्लाहीको विष्णु गाउँपालिका- २ मा विद्युत् तार सर्ट भई आगलागी हुँदा  १२ लाख बराबरको क्षति, आगलागीबाट घरमा भएको लत्ताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामान जलेर नष्ट 

 

८) रुपन्देहीको देवदह नगरपालिका- १० भलुहीबाट कस्तुरीको बिनासहित ३ जना पक्राउ, प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढायो 

 

९) लामो समयदेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासीले मैनबत्ती र दियालो बालेर प्रदर्शन गरे, स्थानीय अन्धकारमा बस्न बाध्य 


१०) ताप्लेजुङको सिरिजंघा गाउँपालिका- ३ सिकैचामा बर्थिङ सेन्टरको शिलान्यास, अब सुत्केरी गराउन अन्यत्र जानु नपर्ने 

 

११) स्याङ्जाको बिरुवा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर गाउँबासीलाई सेवा दिन सुरु गर्‍यो, अब बिरामीलाई सहज हुने 

 

१२) रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका विद्यालयमा सातै दिन पढाइ हुने, कोरोना महामारीले पठनपाठनमा भएको ढिलाइका कारण शनिबार पनि विद्यालय खोल्ने नगरको निर्णय 


१३) मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्रदान गर्‍यो न्यानो कपडा, कपडा पाएपछि ज्येष्ठ नागरिक र विद्यार्थी दंग 

 

१४) रुपन्देहीको सियारी गाउँपालिकामा-२ मा अर्घाखाँची सिमेन्टले डेढ करोडको लागतमा स्वास्थ्य केन्द्रको भवन बनाइदिने, कृषिमन्त्री घनश्याम भुसालले गरे उद्घाटन 


१५) संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर ज्याला बढाउन माग गर्दै आन्दोलित, आयोजनाको काम अवरुद्ध 


१६) बञ्चरेडाँडामा पुस पहिलो साताबाट काठमाडौँको फोहर विसर्जन गरिने, करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने


१७) सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव.८६ मिटर 


१८) काभ्रेको नमोबुद्ध नगरपालिकाद्वारा विभिन्न क्षेत्रको बजार अनुगमन, म्याद गुज्रेका सामग्री जफत, अनुगमन नियमित रुपमा सञ्चालन हुने 


१९) अर्घाखाँचीका ६ वटै स्थानीय तहमा गठित साना किसान महिला सहकारी संस्थामा आबद्ध ७  घरधुरीका महिला उत्पादनमूलक कर्ममा, आम्दानी बढाउँदै 

 

२०) काठमाडौंको चन्द्रगिरि नगरका युवा जुटे म नै बनाउँछु मेरो अस्पताल अभियानमा