close

लेकम गाउँपालिकाको सेवा सात दिनका लागि बन्द

लेकम गाउँपालिकाको सेवा सात दिनका लागि बन्द

Trulli
ADVERTISEMENT

दार्चुला - लेकम गाउँपालिकाका एक जना कर्मचारी तथा वडा नम्बर- ४ का एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि दार्चुलाको लेकम गाउँपालिकाको कार्यालय शुक्रबारदेखि सात दिनका लागि बन्द गरिएको छ । 


गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि र समुदायस्तरमा कोरोना फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरेर एक हप्ताका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । गाउँपालिका कार्यालय रातामाटाको अनुरोधपछि २६ मंसिर शुक्रबार साँझ ७ बजेदेखि सात दिनसम्मका लागि सेवा बन्द गरिएको छ ।


संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार लेकम गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा र कार्यहरू बन्द गरिएको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध पनि गरेको छ ।