close

बौदीकालीका वडा अध्यक्ष जुवाको खालबाट पक्राउ

बौदीकालीका वडा अध्यक्ष जुवाको खालबाट पक्राउ

Trulli
ADVERTISEMENT

नवलपरासी(पूर्वी)- नवलपरासीमा एक जना वडा अध्यक्ष जुवाको खालबाट पक्राउ परेका छन् ।


पूर्वी नवलपरासीको कावासोतीमा तास खेल्दै गर्दा पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका- १ का वडा अध्यक्ष टोलनाथ कँडेलसहित नौ जना पक्राउ परेका छन् ।


शनिबार दिउँसो एक लाख ६८ हजार ९१० रुपैयाँ नगदसहित कावासोतीबाट नौ जनालाई पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेमा बौदीकाली- १ का ४९ वर्षीय टोलनाथ कँडेल, कावासोती- २ का ५२ वर्षीय रामजी केसी, ४४ वर्षीय चूडामणि कँडेल, कावासोती- ८ का ३८ वर्षीय श्रीधर शर्मा, कावासोती- ३ का ४० वर्षीय बलबहादुर गुरुङ, ४१ वर्षीय गमबहादुर सिंजाली, ३३ वर्षीय किरण केसी, कावासोती- ४ का ४१ वर्षीय रुमबहादुर सिंजाली र कावासोती- १६ का दुर्गा गिरी रहेका छन् ।