close

बन्दाबन्दीमा पनि अतिथि सत्कारका नाममा ४० लाख, इन्धनमा २ करोड स्वाहा

बन्दाबन्दीमा पनि अतिथि सत्कारका नाममा ४० लाख, इन्धनमा २ करोड स्वाहा

Trulli
ADVERTISEMENT

काठमाडौं-  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमै अतिथि सत्कार र जलपानमा मात्र करिब ४० लाख रुपैयाँ खर्च गरेको छ । लकडाउन र निषेधाज्ञामै बितेको ४ महिनामा महानगरले ३९ लाख ३६ हजार ३ सय रुपैयाँ अतिथि सत्कारमा सकाएको हो ।


महानगरले चालू आर्थिक वर्षमा १४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ कुल बजेट विनियोजन गरेको थियो । सो बजेटमा चालू आर्थिक वर्षको ४ महिनामा १ अर्ब ४० करोड ५९ लाख ८२ हजार ८ सय ५२ खर्च गरेको छ ।

 

कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा ७ करोड ६४ लाख ९५ हजार ५ सय खर्च भएको छ । खाद्यान्नमा ४० लाख ४१ हजार ९ सय ७५ रुपैयाँ खर्च भएको छ ।


कार्यालय प्रयोजनका लागि सफाइ तथा इन्धन खर्चमा २ करोड १३ लाख ६७ हजार ७ सय रुपैयाँ खर्च गरेको छ । सवारी मर्मतमा ११ करोड २२ लाख २४ हजार १ सय रुपैयाँ खर्चिएको छ ।


त्यसैगरी औषधी खर्च, महँगी भत्ता, कर्मचारी बैठक भत्ता, पानी, बिजुली महसुल, बिमा नवीकरण, उद्धार, राहत तथा पुनस्र्थापना, घरभाडा, छात्रवृत्ति, स्वास्थ्य संस्था-शैक्षिक संस्थालाई सहायता, धार्मिक संस्थालाई सहायता कार्यक्रममा खर्च भएको छ । अन्य खर्च बढी देखिएको महानगरमा विकास निर्माणमा भने न्यून खर्च भएको देखिन्छ ।


सडक तथा पुल निर्माण कुल बजेटको ७.६१ प्रतिशत बजेट खर्च भएको छ । विद्युत् संरचना निर्माणमा ११ प्रतिशत, खानेपानी संरचना निर्माणमा ०.७४ प्रतिशत, वन तथा वातावरण संरक्षण, सरसफाइ संरचना निर्माणलगायतका क्षेत्रमा पनि न्यून खर्च गरेको छ ।