close

‘प्रधानमन्त्री ओलीले जनताको विश्वासमा लात हाने’

‘प्रधानमन्त्री ओलीले जनताको विश्वासमा लात हाने’

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटनको प्रस्ताव गरेपछि विभिन्न तह र तप्काबाट प्रतिक्रिया आउन थालेका छन् ।


स्थानीय तहका सरकार प्रमुखहरूले पनि प्रधानमन्त्रीको यस कदमबारे प्रतिक्रिया दिइरहेका छन् । काठमाडौं जिल्लाका  नगरप्रमुखहरूले यस विषयमा प्रतिक्रिया दिँदै प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् ।


काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले प्रधानमन्त्रीको गलत कदम भएको बताएका छन् । जनताले विश्वास गरेको झन्डै दुई तिहाइको सरकारले जनताको पक्षमा काम गर्ने अपेक्षा भए पनि जनताको भावनामा लात हान्ने काम गरेको प्रतिक्रिया दिए ।


कागेश्वरी मनोहराका नगरप्रमुख कृष्णहरि थापाले प्रधानमन्त्री पद जोगाउनका लागि प्रधानमन्त्री ओलीले देशलाई नै ठूलो दुर्घटनामा पु¥याएको बताएका छन् ।


तीन वर्षसम्म पार्टीको आन्तरिक द्वन्द्वमै व्यस्त भएर अहिले संसद विघटनमा लाग्नुले देशलाई ठूलै दुर्घटनामा पार्न लागेको शंखरापु्र नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बताए । ‘यो जनताको अपेक्षाविपरीत भएको दुर्घटना हो’, उनले भने  ।


देशको यस्तो बेहाल अवस्थामा प्रधानमन्त्रीको संसद विघटनको सिफारिस कुनै पनि हालतमा स्वीकार्य नहुने दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले बताए ।

 

प्रधानमन्त्रीले देश र जनताको अपेक्षाविपरीत कदम चालेको कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले बताए । त्यसैगरी टोखा, चन्द्रागिरि, तारर्केश्वर, नागार्जुन, बूढानीलकण्ठ नगरपालिकाका प्रमुखले पनि प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन् ।


प्रधानमन्त्रीको यस्तो कदमले भर्खरै विकासको गतिमा लम्किन थालेको देशमा विकासमा अवरोध हुने र संघीयता कार्यान्वयनमा पनि समस्या निम्त्याएको उनीहरूको भनाइ छ ।
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने १६ पटक गरेको फोनसमेत उठाएनन् ।