close

स्वामीकार्तिकको जिपः तीन किलोमिटरको भाडा तीन सय रुपैयाँ

स्वामीकार्तिकको जिपः तीन किलोमिटरको भाडा तीन सय रुपैयाँ

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा पहिलो पटक जिप पुगेको छ । गाउँपालिकाले स्थानीयको समस्यालाई दृष्टिगत गर्दै कर्णाली नदी तारेर जिप पुर्‍याए पनि समयमा भाडादर कायम नहुँदा यात्रु मर्कामा परेका छन् ।


कर्णालीपारिको विकट गाउँपालिकाको रूपमा अवस्थित स्वामीकार्तिक खापरले पाँच वटै वडाका स्थानीयलाई सडक यातायात पहुँचमा पु¥याउन जिप सञ्चालनमा ल्याए पनि भाडा एकिन नहुँदा समस्या भएको स्थानीय शंकर कैलाले जानकारी दिए ।


उनले भने, ‘गाउँपालिकाले स्थानीयलाई सहज बनाउन जिप पुर्‍याए पनि समयमा भाडादर कायम गरिदिए सजिलो हुने थियो । गाउँपालिकाले भाडादर कायम नगरिदिँदा स्थानीय मुखबोलीबाटै रकम तिर्न बाध्य छन् ।’ गाउँपालिको केन्द्र वाई सुइजिउलादेखि वडा नम्बर ३ को जुकोटसम्म तीन सय रुपैयाँ भाडा लिने गरिएको स्थानीयको गुनासो छ ।

 

गाउँपालिकालाई पाँच वटै वडासम्मको भाडादर कायम गरिदिन स्थानीयले माग गरेका छन् । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिकामा गत शुक्रबार सुदूरपश्चिम प्रदेश००१च २९४६ नम्बरको रेखम शाहीको जिप कर्णाली नदी पार गरेर गाउँपालिकाको केन्द्र वाई सुइजिउला पुर्‍याइएको थियो ।