close

कागेश्वरी मनोहराले ५ महिनामा सक्यो  ५२ प्रतिशत बजेट 

कागेश्वरी मनोहराले ५ महिनामा सक्यो  ५२ प्रतिशत बजेट 

Trulli
ADVERTISEMENT

 

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले चालू आर्थिक वर्षको ५ महिनामा ५२ प्रतिशत बजेट खर्च गरिसकेको छ । यस अवधिमा नगरपालिकाले ३६ करोड १७ लाख ६७ हजार रुपैयाँ खर्च गरेको हो ।


नगरपालिकाले सार्वजनिक गरेको आयव्ययको विवरणमा पुँजीगत खर्च भने १६.९२ प्रतिशत मात्र खर्च गरेको देखिएको छ, जुन रकम अंकमा २० करोड ८३ लाख ७५ हजार ५४३ रुपैयाँ हुन आउँछ ।


सोही अवधिमा चालू खर्च भने ३५.३२ प्रतिशत खर्च गरेको देखाएको छ, जुन अंकमा १५ करोड ३३ लाख ९१ हजार ८१६ रुपैयाँ १० पैसा हुन आउँछ ।


यस अवधिमा नगरपालिकाले ९२ करोड ९९ लाख ८२ हजार ९१० रुपैयाँ ३१ पैसा आम्दानी गरेको तथ्यांकमा उल्लेख छ । यसरी हिसाब गर्दा नगरपालिकाको यस अवधिको सञ्चित मौज्दात ५६ करोड ८२ लाख १५ हजार ५५० रुपैयाँ २६ पैसा छ ।