close

घुससहित मालपोतका नासु र लेखनदास अख्तियारको फन्दामा

घुससहित मालपोतका नासु र लेखनदास अख्तियारको फन्दामा

Trulli
ADVERTISEMENT


सर्लाही– मालपोत कार्यालय हरिवनका नायब सुब्बा र लेखापढी व्यवसायीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।


अख्तियारको बर्दिवास टोलीले ११ हजार रुपैयाँ घुस रकमसहित मालपोत कार्यालय हरिवनका नायब सुब्बा वेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई बिहीबार पक्राउ गरेको हो ।


अख्तियार बर्दिवासको टोलीले मालपोत कार्यालयका दुवै कर्मचारीलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । खानतलासीको क्रममा सोही कार्यालमा लेखापढी व्यवसाय गर्दै आएका महतोको साथबाट उक्त रकम बरामद भएको हो । घुस रकमसहित पक्राउ परेका महतोले आफूलाई कार्यलयका नासु बरालले सेवाग्राहीसँग रकम लिन अह्राएको अख्तियारको टोलीसमक्ष बताएका थिए ।

 
उनीहरूले हरिवनकै एक सेवाग्राहीसँग लालपुर्जामा नाम सच्याउने काम गरेबापत ११ हजार रुपैयाँ लिएका थिए । सेवाग्राहीका अनुसार लालपुर्जामा नाम सच्याउन जाँदा पहिला १८ हजार रुपैयाँ मागे पनि त्यति रकम दिन नसक्ने बताएपछि पटक–पटकको बार्गेनिङबाट ११ हजार रुपैयाँमा कुरा मिलेको थियो ।


पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि अख्तियारको बर्दिबास कार्यालय लगिएको छ । सोही कार्यालयबाट यसअघि पनि घुस रकम लिँदालिँदै एक कर्मचारी अख्तियारको फन्दामा परेका थिए ।