close

सर्लाहीमा बस दुर्घटना, २ को मृत्यु १७ घाइते

सर्लाहीमा बस दुर्घटना, २ को मृत्यु १७ घाइते

Trulli
ADVERTISEMENT

सर्लाही– सर्लाहीको हरिवनमा भएको बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएकाे भने १७ जना घाईते भएका छन् ।

पुर्व पश्चिम लोकमार्ग स्थित हरिवन नगरपालिका–४ मा आाज बिहान दाङबाट काकडभिट्टाको लागि छुटेको ना ५ ख ४४८८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर दुुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मलंगवाका सूचना अधिकृत एवं प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए । मृत्युहुनेहरुमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ बर्षकी राजकुमारी चौधरी र सोही स्थान बस्ने अर्की युवती २३ बर्षीया रिता चौधरी रहेको प्रहरीको भनाइ छ ।


प्रहरीका अनुसार राजकुमारीको घटना स्थलमै र रिताको उपचारको लागि बिरगंज लैजादै गर्दा मृत्यु भएको हो । तिब्र गतिमा रहेको बस आफै अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । घटना लगतै घाईतेहरुको सशस्त्र प्रहरी बेसक्याम्प हरिवन र ईलाका प्रहरी कार्यलय हरिवनको प्रहरी टोलीले उद्दार गरेका थिए । प्रहरीका अनुसार उक्त बसमा ३० जना सवार थिए ।


घटनामा चालक सहित ५ जना गम्भीर घाइते भएका छन् । उनीहरुका न्युरो अस्पताल बिरगंजमा उपचार भइरहेको छ । सामान्य घाईते भएका ३ जना नमुना अस्पताल हरिवन र ९ जनाको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ । घटनामा परेर सकुसल रहेका ११ जनालाई भने रातीनै अर्को बसमा गन्तब्य तर्फ पठाई सकिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।