close

अछामका स्थानीय तह: आफ्नो मान्छे राख्छन्, किर्ते हस्ताक्षर गर्छन्

अछामका स्थानीय तह: आफ्नो मान्छे राख्छन्, किर्ते हस्ताक्षर गर्छन्

Trulli
ADVERTISEMENT

अछाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अछामका स्थानीय तहका २७ वटा उजुरी परेका छन् । 


आयोग सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरमा सबैभन्दा बढी ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका ६-६ वटा उजुरी अख्तियारमा परेका हुन् ।


यस्तै, सबैभन्दा कम चौरपाटी गाउँपालिकाको एउटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ । 

 

त्यसैगरी मंगलसेन नगरपालिकाका ४, बान्नीगढी जयगढ गाउँपालिकाका ३, पञ्चदेवल विनायक नगरपालिकाका २, रामारोशन गाउँपालिका र साँफेबगर नगरपालिकाका २ उजुरी परेको सूचना अधिकारी हरिचन्द्र जोशीले बताए । 

 

उपभोक्ता समितिमा आफ्नो मान्छे राख्ने, पूर्वाधारमा गुणस्तर काम नगरेको, किर्ते हस्ताक्षर गरेर रकम र अधिकार दुरुयोगजस्ता प्रकृतिका उजुरी आउने गरेको उनले बताए ।


संघीयतापछि स्थानीय तहबाट भएका कामका विषयमा अख्तियारमा उजुरीका गर्ने क्रम बढ्न थालेको छ ।