close

मुगुकाे लापु गाउँ पुगेको पहिलो जिप

मुगुकाे लापु गाउँ पुगेको पहिलो जिप

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्ला मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १३ को दलित बस्ती लापु गाँउमा पहिलो पटक सडकसंँगै मोटर गाडी पुगेको छ ।


पुर्वाधार विकास कार्यालय मुगुमार्फत निमार्ण भएको जडिबुटी मार्ग सडकसँगै गाडी पहिलो पटक दलित बस्ती लापु गाँउमा  गाडी पुगेको हो ।

 

गाउमा पहिलो पटक गाडी गुडेको देखेपछि स्थानीय खुसी छन् । ‘सदरमुकाम गमगढी बजार र रोजगारीको लागि तेश्रो मुलुक  भारतमा गएपछि मात्र गाडी, सडक देख्न र चढ्न पाएका  थियौं, अहिले आगनमैै गाडी पुगेपछि गज्जप भएको छ,’ छायानाथ रारा नगरपालिका वडा नं १३ का स्थानीय ज्ञानी कामी भन्छन् ।

 

गाउँबाट सदरमुकाम गमगढी पुग्न पैदल यात्रा बाट  ३ देखि  ४ घण्टा लाग्थ्यो । गाडी गुड्न थालेपछि यो बाटो एक घण्टामा छोटिएको उनको भनाइ छ ।

 

लापु गाउँका अर्का स्थानीय जोरसिंह कामी सडक र सवारीसागै गाउाको मुहार फेरिनेमा आशाबादी हुदै भन्छन्, ‘अव यात्रा मात्र होइन हाम्रा उत्पादन पनि बिक्री हुने दिन आए ।’

 

३ करोडमा ६ किलोमिटर सडक

 

रुगा छाईल जडिबुटी मार्ग अन्तर्गत बहु वर्षीय आयोजना अन्तर्गत रुगा गाँउ देखि लापु गाँउसम्मको सडक गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी ३ करोड रुपैयाा वढी बजेटबाट ६ किलोमिटर सडक निमार्ण कार्य पुरा भई लापु गाँउ सम्म गाडी पुगेको छ ।


‘हाल ६ किमि सम्म सडक निर्माण भएको छ थप निर्माणका लागि टेन्डर प्रक्रिया अघि वढिसकेको छ,’ पूर्वधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख यगेन्द्र धरालाले पालिकाखबरसँग भने ।


राष्ट्रि«य सडक सन्जाल बाहेक अन्य गाँउ बस्ती बस्तीसम्म सडक सञ्जाल जोड्नको लागी मुगु जिल्लाको धेरै स्थानमा सडक निमार्ण कार्य धमाधम भइरहेको उनको भनाइ छ ।