close

देवचुलीको नगरसभामा २ विधेयक पारित

देवचुलीको नगरसभामा २ विधेयक पारित

Trulli
ADVERTISEMENT

नवलपुर- नवलपुरको देवचुली नगरपालिकाको सातौँ नगरसभाले २ वटा विधयक पास गरेको छ । 


नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभाले जलस्रोत विधेयक, २०७७ र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको हो । 


विधेयक समितिका संयोजक दिनानाथ भुसालले पेस गरेको विधेयक सर्वसम्मत पास भएको हो ।

 

त्यसैगरी उपप्रमुख पार्वता तिवारीले पेस गरेको २०७७ साउनदेखि पुस मसान्तसम्मको आर्थिक तथा प्रगति विवरण पनि सभाले सर्वसम्मत पास गरेको छ । सभानगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।