देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) दाङको राप्ती गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकको हेरचाह गर्ने ६७ छोराबुहारी सम्मानित, टोल सुधार समिति, जनप्रतिनिधि तथा छरछिमेकीको सिफारिसका आधारमा छोराबुहारी छनोट ।
२) रूपन्देहीको सैनामैना नगरपालिकाद्वारा वडा नम्बर ८ का किसानलाई ड्रागन बिरुवा र इलेक्ट्रोनिक स्प्रेयर ट्यांकी वितरण, बिरुवा र ट्यांकी पाउँदा किसान दंग ।
३) उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ‘एभरेष्ट भ्यूटावर’ निर्माण गर्ने, भ्यूटावरका लागि जग्गा अधिग्रहण गर्न सुरु ।
४) हुम्लाको सीमकोटमा विद्युत् कटौती हुन थालेपछि सीमकोट गाउँपालिका-६ का स्थानीय आन्दोलित, दैनिक १२ घन्टाभन्दा बढी विद्युत कटौती ।
५) स्वास्थ्य स्वयंसेविकामार्फत क्षयरोगबारे जनचेतना फैलाउँदै रूपन्देहीको मायादेवी गाउँपालिका, सम्भावित बिरामीको खकार संकलन गरी स्वास्थ्य चौकीमा बुझाउनुपर्ने ।
६) सुनसरीको रामधुनी नगरपालिका–८ र ९ को सिमानामा रहेको पुतोधारा खोलामा ट्रस्ट पुल निर्माण, नगरप्रमुख जयप्रकाश चौधरीले गरे पुलको उद्घाटन ।
७) तनहुँको भानु नगरपालिकाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २७ वटा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण, बोर्ड नगरभित्रका सडकमा राखिन ।
८) मोरङको पथरी शनिश्चरे नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन धमाधम, देशभरका स्थानीय तहमा लगत संकलन गरिँदै ।
९) काभ्रेको धुलिखेल नगरपालिकाको आठौँ नगरसभा सुरु, सभाले विभिन्न महत्त्वपूर्ण विषयमा निर्णय गर्ने ।
१०) काठमाडाैं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने, वीर अस्पताल र दरबार हाइस्कुल प्रशासनसँग खुलामञ्चमा राखिएका सामग्री हटाउने विषयमा छलफल ।
११) पोखरा महानगरपालिकाको आठौँ नगरसभामा पेस गरिएका नयाँ विधेयक पारित, सभाले ग¥यो अन्य विभिन्न निर्णय ।
१२) नेपाल नगरपालिका संघ कर्णाली प्रदेशको आयोजनामा सुर्खेतमा न्यायिक समितिको कार्य सम्पादन तथा मेलमिलापसम्बन्धी तालिम सुरु, तालिम दुई दिनसम्म चल्ने ।
१३) भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने विषयमा तथ्यांक संकलकका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले दियो तालिम, अब लगत संकलनको काम हुने ।
१४) नवलपुरको गैँडाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच ४ फागुनमा दिगो विकाससम्बन्धी वक्तृत्व कला प्रतियोगिता गर्ने, कालिका नमुना माविमा कार्यक्रम हुने ।
१५) प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीका १० स्थानीय तहमा ४ हजार २८१ जनाले पाए रोजगारी, कोरोनाका कारण रोजगार गुमाएकालाई मुख्य प्राथमिकता ।
१६) उदयपुरको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले गाडी सुविधाको रकमबाट जनताका लागि खरिद गरिन् एम्बुलेन्स, नगरबासीले पाउने भए एम्बुलेस सुविधा ।
१७) प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च प्रगति ईएमआईएएसमा स्थानीय तहले प्रविष्ट गर्नुपर्ने, संघीय मन्त्रालयले देशभरका स्थानीय तहलाई गर्यो परिपत्र ।
१८) रूपन्देहीको बुटवल उपमहानगरपालिकामा गरिब परिवार पहिचान गर्न तथ्यांक संकलन सुरु, १९ वटै वडामा प्राविधिकसहितको टोली परिचालन ।
१९) तनहुँको व्यास नगरपालिकाको ३४औँ नगरसभामा एउटा वडा थप्ने प्रस्ताव, तीन वटा वडाको सीमांकन हेरफेर गर्ने निर्णय ।
२०) तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने ।