close

भन्सारका हाकिम कार्यालय सहयोगी !

भन्सारका हाकिम कार्यालय सहयोगी !

Trulli
ADVERTISEMENT

मुगु– हिमाली जिल्ला मुगुमा रहेको एउटा मात्र अन्तरदेशीय नाका नाक्चेलाग्ना भन्सार २ वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । 


मुगुको पूर्वी नाका नाक्चेलाग्ना भन्सार कार्यालयमा कर्मचारी नियमित नबस्दा २ वर्षयता २ जना कार्यालय सहयोगीको जिम्मामा मात्रै सञ्चालन हुँदै आएको हो ।


कार्यालयमा दरबन्दीअनुसारका नायब सुब्बा र खरिदार नहुँदा जिल्लाकै २ जना कार्यालय सहयोगीको भरमा सञ्चालन गरिँदै आएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ । 


सरकारको राजस्व उठाउने कार्यालयमै कर्मचारी नबसेपछि मुगु भान्सार कार्यालयको राजस्व गत वर्ष र यो वर्ष शून्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कार्यालय प्रमुख लक्ष्मीचन्द्र हमालले बताए । उनले भने, ‘हाल यो कार्यालयलाई हामीले सञ्चालन गरेका छौँ ।’ 

 

भन्सार कार्यालयमा वर्षको एक पटक सीमानाकामा हाटबजार लाग्ने गथ्र्यो । पछिल्लो समय हाटबजार लाग्न छाडेपछि कर्मचारी बस्न छाडेको उनको भनाइ छ । 

२ स्थानमा भन्सार कार्यालय 

मुगुमा २ वटा भन्सार कार्यालय स्थापना भएको छ । भन्सार कार्यालय सञ्चालनका लागि सीमानाकामा रहेको मुगुगाँउमा एउटा व्यक्तिको घरमा रहेको छ भने अर्को सदरमुकाम गमगढी बजारमा सञ्चालन गरिँदै आएको छ । 


यहाँका कतिपय स्थानीयलाई भन्सार कार्यालय कहाँ छ भन्ने कुराको समेत जानकारी छैन । ‘भन्सार कार्यालय छन् भन्ने नाम मात्र सुनेका छौँ । यसका कार्यालय कहाँ छन्, अत्तोपत्तो छैन’, नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले भने ।