close

सेरगाउँ बन्यो बाजुरामै पहिलो सरसफाइ नमुना टोल

सेरगाउँ बन्यो बाजुरामै पहिलो सरसफाइ नमुना टोल

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ३ सेरगाउँलाई नमुना टोल घोषणा गरिएको छ । बाजुराकै पहिलो गाउँको रूपमा सेरगाउँलाई सरसफाइ नमुना टोल घोषणा गरिएको वडा कार्यालयले जानकारी दिएको हो ।

 

बडिमालिका नगरपालिका र युएन ह््याबिटेडको साझेदारीमा सञ्चालित पूर्ण सरसफाइउन्मुख नमुना समुदाय घोषणा कार्यक्रमअन्तर्गत सो गाउँलाई छनोट गरी घोषणा गरिएको हो ।

 

समुदायले आधारभूत पूर्ण सरसफाइका ७ वटा सूचक पूरा गरेका कारण उक्त गाउँलाई सरसफाइ नमुना टोल घोषणा गरिएको नगर उपप्रमुख कविता विष्टले बताइन् ।


 
बडिमालिकालाई पूर्ण सरसफाइ उन्मुख पालिका घोषण गर्ने उद्देश्यले पहिलो चरणमा सो टोलबाट अभियान सुरु गरिएको पूर्ण सरसफाइ कार्यक्रम संयोजक वीरेन्द्र रावलले जानकारी दिए ।

 

संयोजक रावलका अनुसार सो कार्यक्रम क्रमिक रूपमा पालिकाभित्रका सम्पूर्ण टोलमा सञ्चालन गरिनेछ । घोषणा कार्यक्रममा देउडा, नृत्यलगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको टोल विकास समितिका अध्यक्ष लक्ष्मण खड्काले बताए ।