close

नौबहिनीमा पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता 

नौबहिनीमा पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता 

Trulli
ADVERTISEMENT

प्युठान– प्युठानको नौबहिनी गाउँपालिकामा पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा नेपाल इन्भेस्टमेन्ट बैंक बाहाने शाखाको सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

 

प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाम्री पहिलो, लुप्लुङ माध्यमिक विद्यालय लुप्लुङ दोस्रो र तेस्रो जनज्योति माध्यमिक विद्यालय लुङ भए ।

 

विजेताले प्रथम पुरस्कार ४ हजार, द्वितीले ३ हजार र तृतीयले २ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजाल प्रमुख अतिथि थिए ।