close

महाेत्तरीका सात किशाेरी बेपत्ता

महाेत्तरीका सात किशाेरी बेपत्ता

Trulli
ADVERTISEMENT

महोत्तरीको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ७ जना   किशोरी बेपत्ता भएका छन् । 

मंगलबार दिउँसो करिब दुई बजे घाँस काट्न गएको बेला बेपत्ता भएका हुन ।

बेपत्ता हुनेहरूमा २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रंजना पासवान र १२ वर्षीया सीमा पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।

‘उनीहरू सधैँ समूहमै घाँस काट्न जान्थे र साँझसम्म फर्किहाल्थे तर हिजोदेखि  नफर्केपछि हामीले खोजीरहेका छौ । ज्योतिका बुवा विष्णु पासवानले भने ।

घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टीको चौरमा  घाँस काट्दै गर्दा उनिहरु एक्कासी हराएको स्थानिय बासिन्दाको भनाइ छ ।

बेपत्ता हुनेहरुमा साना बालबालिका समेत भएको हुनाले कतिपयले कसैले अपहरण गरेर बन्धक बनाएको हुन सक्ने  आसङका गरेका छन ।

बेपत्ता किशोरीहरुको अपहरण नै भएको आसङका गरिएको बताउदै खोजी कार्यलाइ तिव्र बनाइएको भङगाह नगरपालिकाका नगरप्रमुख सन्जिव साहले जानकारी दिए ।

"हिजोदेखी बेपत्ता भएका बालिका तथा किशोरीहरुको खोजी कार्यलाइ हामिले तिब्र बनाएका छौ, भर्खरै जिल्लाबाट थप प्रहरीको टोली समेत आइसकेको छ" नगरप्रमुख साहले भने ।