close

हराइरहेका सात बालिका र किशाेरी सितामाडीमा भेटिए

हराइरहेका सात बालिका र किशाेरी सितामाडीमा भेटिए

Trulli
ADVERTISEMENT

महाेत्तरी- भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका बेपत्ता बालिका र किशोरीहरु सितामाडीको नेपाल -भारत सिमामा फेला परेका छन् ।

 

मंगलबार दिउँसो करिब दुई बजे घाँस काट्न गएका किशोरीहरु कसरी सिमा नाकामा पुगे भन्ने बिषयमा थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । एउटै टोलका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रंजना पासवान र १२ वर्षीया सीमा पासवान मंगलबार दिउँसो २ बजेबाट सम्पर्कबिहिन भएका थिए ।

 

'अहिले सितामाडी स्थित नेपाल -भारत सिमा नाकाबाट ७ नै जना किशोरीहरुलाइ उनिहरुको घर धरमपुरमा ल्याइरहेको भङगाहा नगरपालिकाका नगरप्रमुख सन्जिव साहले जानकारी दिए । "जे होस हामीले बच्चाहरुलाइ सकुशल फेला पार्‍यौ यो नै महत्वपुर्ण हो बाकी कसरी पुगे भन्ने बिषयमा अनुसन्धानबाट खुल्दै जाला,' नगरप्रमुख साहले भने ।