close

बागमतीमा अन्न भण्डारण भवन शिलान्यास 

बागमतीमा अन्न भण्डारण भवन शिलान्यास 

Trulli
ADVERTISEMENT

सर्लाही- सर्लाहीको बागमती नगरपालिकामा अन्न भण्डार भवन निर्माण हुने भएको छ । उक्त भवनको नगरपालिका प्रमुख भरतकुमार थापाले शिलान्यास गरे ।
 
नगरपालिकाको वडा नम्बर ५ स्थित शंकरपुरमा स्थानीय किसानले उत्पादन गरेका अन्न भण्डारण गर्न मिल्ने गरी भवन निर्माण थालिएको हो ।

 

३ वटै सरकारको लगानी रहने उक्त भवनको निर्माण लागत ५ कराेड ४९ लाख रुपैयाँ रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले जानकारी दिए । 

 

उत्पादिनते अन्न भण्डारण गर्न मिल्ले भवन निर्माण हुने भएपछि नगरका किसान हर्षित भएका छन् । स्थानीय किसानले उत्पादन गरेको कृषि सामग्री भण्डारण गर्ने गरी भवन तयार गर्न लाागिएको नगरप्रमुख थापाले बताए ।

 

उक्त भवनको क्षमता ५० हजार मेट्रिक टन हुने नगरपालिकाका इन्जिनियर सागर पौडेलले जानकारी दिए ।


 
कृषि जोनको रूपमा रहेको बागमती नगर क्षेत्रमा आलु, मकै, गहुँलगायत अन्नबाली अधिक उत्पादन हुने गरेको छ । तर, उत्पादित अन्नबाली भण्डारण गरेर राख्ने ठाउँ नहुँदा किसानले उत्पादन गरेको फसल व्यवस्थापनमा समस्या हुदै आएको थियो ।

 

अन्नबाली राख्ने स्थान अभावमा किसानले खेतबाटै सस्तो मूल्यमा बाली बेच्नुपर्ने बाध्यता रहँदै आएको छ ।
 
किसानको उब्जनी भण्डारणको समस्या समाधानका लागि नगरले भवन निर्माण गर्न लागेको उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन् । स्टोर निर्माण सम्पन्न भएपछि नगरका किसानबाट उत्पादित अन्न सुरक्षित राखेर उचित मूल्य निर्धारण भएपछि बिक्री गर्न सक्ने उनको भनाइ छ ।


‘भण्डारण गर्ने ठाउँ नहुँदा कि अन्न खराब हुन्थ्यो, कि सस्तोमा व्यापारीले तोकेको मूल्यमा बेच्नुपथ्र्यो,’ स्थानीय किसान रामहरि कार्कीले भने, ‘अब यो समस्या बागमतीका किसानले बेहोर्नुपर्दैन ।’ 

 

नगरपालिकाले किसानको उत्पादन सुरक्षित गर्ने तथा उचित भण्डारण गरेर बजार मूल्य आएको समय बिक्री गर्न मिल्ने भएपछि स्थानीयलाई सहज हुने वडा नम्बर ३ का वडाध्यक्ष रामकिशोर साहले बताए ।
 
१ वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी पृथ्वी इन्जिनियरिङले ठेक्का पाएको नगरपालिकाका योजना शाखा प्रमुख सुजन बडालले जानकारी दिए ।