close

मुगुमा सर्वसाधारणलाई मास्क बाँडिँदै

मुगुमा सर्वसाधारणलाई मास्क बाँडिँदै

Trulli
ADVERTISEMENT

मुगु- कोरोना भाइरसले महामारीले सहर-बजार, गाउँबस्ती लपेटिन थालेपछि मुगुका नागरिक, संघ-संस्थाले मास्क वितरण अभियान छेडेका छन् । मुगुमा कोरोनाबाट बच्न-बचाउन व्यापारी र रेडक्रससहितको संयुक्त टोलीले गमगढी बजारमा मास्क वितरण र जनचेतना जगाएको हो ।

 

पछिल्लो समय नेपालगञ्ज, सुर्खेतलगायत जिल्लामा कोरोना फैलिन थालेपछि सडक मार्ग र हवाई मार्ग हुँदै मुगुमा पनि सन्त्रास फैलिएको छ । 

 

पहिलो चरणमा मुगु सदरमुकाम गमगढी बजारमा कोरोना महामारीबाट बच्न नियमित मास्क प्रयोग गर्ने, माइकिङ गरी जनचेतना फैलाएर बजारमा मास्क नलगाएर हिँडडुल गर्ने नागरिकलाई मास्क लगाउन आग्रह गर्दै १५ सय गोटा बढी मास्क वितरण गरिएको छ ।


सडकमा हिँड्ने, पसलमा बस्ने र ग्राहकलाई अनिवार्य मास्क लगाउन लगाउने, स्यानिटाइजर प्रयोग गर्न आग्रह गरिएको मुगु उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमलबहादुर बुढाले बताए । 

 

नेपाल रेडक्रस सोसाइटी मुगु शाखा, नेपाल पत्रकार महासंघ मुगु, समुदाय, प्रहरी र मुगु उद्योग वाणिज्य संघको सहकार्यमा गमगढी बजारको महाकाली उच्च माविबाट मास्क वितरण एवं कोरोनासम्बन्धी जनचेतनामूलक सन्देश, पोस्टर पम्पलेट वितरण अभियान सुरु गरिएको हो ।

 

मास्क वितरण अभियान कृष्ण चोक, मिलन चोक, अदालत चोक गमगढीको न्यूरोड हुँदै पुनः महाकाली उच्च माध्यमिक विद्यालयमा पुगेर समापन गरियो । 

 

बजारमा मास्क नलगाएकालाई अनिवार्य लगाउन, स्वास्थ्य मापदण्ड अपनाउन, प्रत्येक दिन गाउँ-बस्ती, टोल-टोलमा कोरोनाबाट बच्न चनचेतना जगाउन थालिएको नेपाल रेडक्रस सोसाइटी मुगुका सभापति जयबहादुर मल्लले जानकारी दिए । 

 

स्वास्थ्य मापदण्डविपरीत काम गर्नेलाई कारबाही गर्ने, नेपालगञ्ज, सुर्खेतबाट आउने स्थानीयको स्वास्थ्य परीक्षणको लागि रारा ताल्चा एयरपोर्ट र पिना प्रहरी चौकी नजिकै स्वास्थ्य हेल्प डेस्क स्थापना गर्न स्थानीय तह एवं सरोकारवाला निकायलाई अनुरोध गरिएको नेपाल रेडक्रस सोसाइटीका रन्तसिंह मल्ल बताउँछन् ।